मानव अधिकार उल्लङ्घनका अट्ठाइस घटना

पोखरान्युजडटकम, १० असार –

बैतडीमा ६ महिनाको अवधिमा २८ मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सन् २०१६ जनवरी महिनादेखि हालसम्म जिल्लामा २८ मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना भएका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि नरी बडूले उक्त अवधिमा जिल्लामा महिला तथा घरेलु हिंसासम्बन्धी १४, जबर्जस्तीकरणी पाँच, जबर्जस्तीकरणी उद्योगका एक, हत्याका ६, दुव्र्यवहारका एक र बहुविवाहका एक गरी जम्मा २८ मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना घटेको बताउनुभयो।

उक्त घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ मा समावेश गरिने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button