पोखरान्युजडटकम, १० असार –
डोटीको सानागाउँ गाविसमा दुवै खुट्टामा किरा परेका बेवारिसे एक मानिस बिहीबार फेला परेका छन् ।
अन्दाजी ५०-५५ वर्ष उमेरका देखिने तर बोल्नै नसक्ने ती मानिसलाई सानागाउँ–७, मसानघाटमा फेला पारेको सानागाउँ प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक नवराज अवस्थीले जानकारी दिनुभयो ।
बेवारिसे अवस्थामा जीवित तर छट्पटाइरहेको मानिस खोलामा रहेको भन्ने हल्ला सुनेपछि नेपाल रेडक्रस सोसाइटी डोटीका सभापति लक्षीराम कुँवरसहित स्थानीय शिक्षक र प्रहरीले ती मानिसको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनको सानागाउँ स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
सडकबाट झन्डै ४५ मिनेट टाढा रहेको सानागाउँ, काठमाडौँ र गैरागाउँ गाविसको बीचमा पर्ने खोलामा ती व्यक्ति फेला परेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिनुभयो । ती व्यक्तिको वास्तविक नाम ठेगाना खुल्न नसके तापनि नेपाली मूलकै रहेको प्रहरीले जानकारी दिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution