भारी वर्षाले जनकपुर जलमग्न

पोखरान्युजडटकम , १० असार –

बिहानदेखिको भारी वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ । आज बिहान भारी वर्षा भएपछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भारी वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ । वर्षाको पानीले यातायात, रासस, वनलगायतका कार्यालयको परिसरमा पानी जमेको छ भने जिल्ला प्रशासन कार्यालय क्षेत्रको सडक पनि हिलाम्य भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button