अवैध मदिरासहित दुई पक्राउ

  • पोखरा न्यूज
  • २०७३ अषाढ १०
अवैध मदिरासहित दुई पक्राउ

पोखरान्युजडटकम, १० असार –

सप्तरीको राजविराज नगरपालिका–१ बाट एक हजार लिटर मदिरासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगरमै वृहतरुपमा घरेलु मदिरा अवैध रुपमा उत्पादन गरेको भन्ने सूचना पाएपछि प्रहरीले छापामारी एक हजार लिटर तयारी अवस्थामा राखिएको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सख्खर, पुराना चप्पल, कोदो, मर्चा लगायतका एक हजार ५०० केजी तथा मदिरा उत्पादनमा प्रयोग हुने ५०-६० वटा भाँडासमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

साथै अवैध मदिरा बनाउने बद्री यादवलाई प्रहरीले पक्राउ गरेकोे छ । यस्तै राजविराज नगरपालिका–९ स्थित मदिरा उत्पादन गर्ने कपिल भुजेललाई प्रहरीले पक्राउ गरेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस