अवैध मदिरासहित दुई पक्राउ

पोखरान्युजडटकम, १० असार –

सप्तरीको राजविराज नगरपालिका–१ बाट एक हजार लिटर मदिरासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नगरमै वृहतरुपमा घरेलु मदिरा अवैध रुपमा उत्पादन गरेको भन्ने सूचना पाएपछि प्रहरीले छापामारी एक हजार लिटर तयारी अवस्थामा राखिएको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सख्खर, पुराना चप्पल, कोदो, मर्चा लगायतका एक हजार ५०० केजी तथा मदिरा उत्पादनमा प्रयोग हुने ५०-६० वटा भाँडासमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

साथै अवैध मदिरा बनाउने बद्री यादवलाई प्रहरीले पक्राउ गरेकोे छ । यस्तै राजविराज नगरपालिका–९ स्थित मदिरा उत्पादन गर्ने कपिल भुजेललाई प्रहरीले पक्राउ गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button