पोखरान्युजडटकम, १० असार –
किसानले पशुजन्य उत्पादनको लागत घटाउन घाँसखेती गर्न थालेका छन् ।
व्यावसायिक रुपमा गाईभैँसी र बाख्रापालन गरेका किसान घाँसखेतीतर्फ आकर्षित भएका हुन् । हिउँदे, बर्खे भूइँघाँस, डालेघाँस र बहुबर्षे घाँसखेती विस्तार भएको छ । घाँसबाट आहार आपूर्ति गराउँदा पशुजन्य उत्पादनको लागत घटाउन सकिने बेनी नगरपालिका– १० तोरीपानीका किसान आनन्द रिजालले बताउनुभयो ।
दानाको खपत कम गरी घाँसको आहार आपूर्ति गराउन सकेमा मासु, दूधलगायत पशुजन्य उत्पादनको लागत घट्ने र किसानलाई फाइदा पुग्ने रिजाल बताउनुहुन्छ । नेपियर, मलाटो, सेटेरिया, राईखन्यु, इपिलइपील, बडहर, टाँकी, किम्बू, निमारोलगायत प्रजातीका घाँस व्यावसायिक पशुपालकका लागि उपयोगी देखिएको छ ।
यसैगरी केही किसानले जैघाँसको पनि खेती गरेका छन् । दानामा आधारित आहारलाई कटौती गरी घाँसमा आधारित आहारलाई प्रर्वद्धन गर्न जिल्ला पशुसेवा कार्यालय, भू–संरक्षण कार्यालय, वन कार्यालयलगायत विभिन्न सङ्घ संस्थाले निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएका छन् ।
उत्पादन लागत घटाउन र पशुजन्य उत्पादनको गुणस्तर वृद्धीका लागि घाँसखेती विस्तारलाई जोड दिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाइँले बताउनुभयो । पशुसेवा कार्यालयले निःशुल्क रुपमा घाँसका बिरुवा वितरण गर्न सुरु गरेको छ । यस वर्ष करिब ६० हजार घाँसका बिरुवा वितरण गरिने बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution