टाटाको नयाँ शोरुम पोखराको जगदम्बा अटोमार्टमा

पोखरान्युजडटकम, १० असार –

पोखरा—५ प्रस्याङमा रहेको जगदम्बा अटोमार्टले भारतमा निर्मित टाटा कम्पनीका विभिन्न ब्राण्डका गाडीहरुको विक्रि गर्नको लागि नयाँ शोरुम खुलेको छ । टाटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी प्रा.लि.को आधिकारिक डिलरका रुपमा उक्त शोरुम संचालनमा ल्याएकोे अटो मार्टका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जगदम्बा अटोमार्ट 3

यसअघी अशोका ले—ल्याण्डको डिपो रहेको जगदम्बा अटो मार्टमा सञ्चालनमा आएको हो। जगदम्बाले अशोका ले—ल्याण्डको विक्रीवितरण बन्द गरी टाटाको गाडीहरु विक्रि सुरु गरेको हो । अटो मार्टमा टाटा कम्पनीका ५० भन्दा बढी साना तथा ठुला मोडलका गाडीहरु विक्रीका लागि राखिएको अटो मार्टले जनाएको छ । टाटा कम्पनीका विभिन्न मोडलका पिकअप भ्यानदेखी ठूला ट्रक र टिप्परसम्मका गाडीहरु अटोमार्टमा राखिएका छन् भने जसको मूल्य न्यूनतम १३ लाखदेखी ३५ लाख भन्दा बढी मूल्य पर्ने अटो मार्टका अध्यक्ष अधिकारीले जनाए । उनले भने “आम पोखरेलीहरुको मायाले गर्दा हाम्रो अटोमार्टले धेरै गाडीहरु विक्रि वितरण गर्न सफल भएका छौं, उपभोक्ताहरुको हितको लागि हामीले अब देखि २४ सै घण्टा सेवा दिने उद्धेश्यले हामीले सर्भिस सेन्टर समेत स्थापना गर्दैछौं ।” उनले सिप्रदी प्रालिले दिने छुट तथा सेवा सुविधा अटोमार्टले पनि दिने जनाए । त्यस्तै, अटोमार्टले सेवालाई चुस्त बनाउन चाँडै वर्कसप सञ्चालन गर्ने र त्यसलाई पनि विहानदेखी रातीसम्मै सेवा दिने ब्यबस्था गरिने अधिकारीले बताए । शुभारम्भको केही समयका लागि साना तथा ठूला गाडीको खरिदमा २५ हजारदेखी ३० हजारसम्म छुट दिइएको छ भने केही समयका लागि हरेक गाडी खरिदमा सामसुङको जे—सेभेन मोवाइल समेत उपहार प्रदान गरेको उनले जनाए । उद्घाटनो अवसरमा करीब ४५ जनाले गाडीहरु अग्रिम वुकिङ गरेका छन ।

जगदम्बा अटोमार्ट 1

tata motors

यसै बिच, उक्त अटो मार्टको शुक्रबार एक समारोहका बीच सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उद्घाटन गर्दै टाटा ब्राण्डका गाडीहरु बजारीकरण गर्न नेटवर्क विस्तारमा यसचालु आर्थिक बर्षमा ८० करोड लगानी गरेको बताए । आगामी बर्षमा नेटवर्क विस्तारमा करीब ७० करोड लगानी गर्ने तयारी भएको उनले बताए । नेपालको सम्पूर्ण अटोबजारमा टाटा कम्पनीका गाडीले ९० प्रतिशत टाटाले ओगटेको सिईओ श्रेष्ठले दाबी गरे । उनले हाल सिप्रदीले नेपालभर प्रति महिना १ हजार ५ सय भन्दा बढी गाडी बेचिरहेको दाबी गर्दै जगदम्बा अटोमार्ट सञ्चालन पछि यो संख्या बढ्ने विश्वास व्यक्त गरे । उनले देशैभर डिलर र वर्कशप थप्ने काम भइरहेको जानकारी गराउदै मोवाइल गाडी टे«निङ्ग सेन्टर बनाउने र ५ सय जनालाई ट्रेनिङ्ग दिएर युरो थ्री मापदण्डका गाडीहरु बनाउनसक्ने दक्ष कामदार उत्पादन गर्ने सिप्रदीको योजना रहेको उनले बताए । हाल नेपालमा ईञ्जिन बनाउनु मुख्य चुनौतिका रुपमा रहेको बताउँदै उनले मोवाइल टे«निङ्ग पश्चात ६ दिनमै ईञ्जिन बनाउन सकिने गरी सेवा बिस्तार गरिने दाबी गरे । उनले थपे “ हाम्रो वर्कसपमा कुनै गाडीहरु मर्मत तथा सम्हार गर्न एक घण्टा भित्रमा काम गर्ने गरी तयारी गरेका छौं ।” नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखरामा ट्याक्सीबाट यात्रु ठगिने गरेको अबस्थालाई तत्काल ट्याक्सी मिटरबाट संचालन हुने अबस्था लागु हुनु पर्ने बताए । गण्डकी धौलागिरी सार्वजनीक राष्ट्रिय यातयात महासंघका अध्यक्ष वसन्त प्रधान, पुर्व अध्यक्ष बाबुराम गिरी, संयोजक गोकर्ण कार्की, अटो मार्टका सदस्य तथा पृथ्बीराजमार्ग वस संचालक समितिका अध्यक्ष ऐनकुमार साई, समितिका महासचिव योगेन्द्र केसी लगायतले टाटाको गाडीहरु नेपालको माटो सुहाउदो भएकोले यसको बढी बिक्रि भएकोले सर्भिस र स्पेर्समा पनि ध्यान दिन कम्पनीलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button