युवा निति कार्यन्वयनमा गर्नु पर्नेमा जोड

  • पोखरा न्यूज
  • २०७३ अषाढ १०
युवा निति कार्यन्वयनमा गर्नु पर्नेमा जोड

पोखरान्युजडटकम, १० असार –

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सह सचिव तेजराज पाण्डेले मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ को कार्यान्वयनकालागि सबै युवाहरुलाई आग्रह गरेका छन ।

मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रणनितिक योजना अन्तिम चरणमा पुगेको सहसचिव पाण्डेले जानकारी दिए । उनले भने “अव युवा हरुका समस्याहरु समाधान गर्न सवै जिल्लामा युवा परिषद कार्यालय स्थापना हुनेछन ।” निति कार्यान्वयनका लागि बनेको युथ भिजन २०२५ युवाहरुको मार्गदर्शकका रुपमा आएको बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, मन्त्रालयका उप सचिव ज्ञानराज सुवेदी, जिल्ला खेलकुद कास्कीका अध्यक्ष याम बहादुर गुरुङ्ग, जिल्ला खेलकुद कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बोलेका थिए ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्रालय द्वारा पोखरामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रिय अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागिहरुले राष्ट्रिय युवा निति २०७२ को प्रभावकारी कार्यान्वयनका लागि जोड दिएका छन । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा पश्चिमाञ्चलका कास्की, लमजुङ्ग, तनहुँ, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका विभिन्न भातृसंगठनका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ । कार्यक्रममा मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र युथ भिजन २०२५ का वारेमा कार्यपत्र प्रस्तुतीकरण तथा छलफल गरिनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस