जङ्गली च्याउ खाँदा २९ बिरामी

  • पोखरा न्यूज
  • २०७३ अषाढ १०
जङ्गली च्याउ खाँदा २९ बिरामी

पोखरान्युजडटकम , १० असार –

सामरी गाविसमा जङ्गली च्याउ खाँदा २९ जना बिरामी परेका छन् ।

सामरी गाविस–६ मैबल गाउँका सात घरपरिवारका मानिस बिरामी भएका हुन् । बिहीबार साँझ च्याउ खाएका स्थानीयवासी आज बिहानदेखि बिरामी पर्न थालेका हुन् । पेट दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएपछि बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको प्रहरीले जनाएको छ ।

बिरामीमध्ये दार्शन तामाङ, लेन्देन तामाङ, दावा तामाङ, नाम्जेल तामाङ र सन्चमाया तामाङको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला अस्पतालले जनाएको छ । अहिले अस्पतालमा २४ जनाको उपचार भइरहेको छ ।

हरेक वर्ष गाउँ नजिकैको जङ्गलबाट च्याउ ल्याएर खाने स्थानीयवासी यस वर्ष मात्र बिरामी परेका हुन् । “पहिले पनि त्यही जङ्गलको च्याउ खाँदा केही भएको थिएन । यो वर्ष के भयो के रु” मैबलका बिरामी ६३ वर्षीया वीरमान तामाङले भन्नुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस