प्रहरी जवानको मृत्यु

पोखरान्युजडटकम, १० असार –

उपल्लो डोल्पाको सालटाङ गाविसमा यार्सा सुरक्षाका लागि गएका एक प्रहरी जवानको मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी जवान दाङका राजेन्द्र बुढा रहेको प्रहरी निरीक्षक तुलसीराम अर्यालले जानकारी दिनुभयो । सदरमुकामदेखि पाँच दिनको पैदल दूरीमा पर्ने विकट गाविसमा रहेका उनको एक्कासि दायाँ खुट्टा र बायाँ हात नचल्ने भएपछि उपचारका लागि ल्याउँदै गर्दा बुधबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button