पोखरामा रंगिनमा स्वास्थ पत्रिका प्रकासन

पोखरान्युजडटकम, ९ असार –

पोखरामा पत्रिकाहरुको भिडमा रंगिन तथा स्वास्थ्य सम्बन्धि सामाग्रिहरु समेटिएको हेल्थ अपडेट मासिक स्वास्थ्य पत्रिका प्रकाशन हुन सुरु भएको छ । संचारकर्मी ऋषि खतिवडाको प्रकाशन तथा सम्पादनमा ४० पृष्ठको रंगिन उक्त स्वास्थ्य पत्रिका असार देखि प्रकाशन हुन सुरु भएको पत्रिकाका सह–सम्पादक तथा संयोजक डा. अनिल बाबु पराजुलीले बताए ।

स्वास्थ्य सम्बन्धि जानकारी तथा स्वास्थ्य सम्बन्धि जनताहरुमा सचेतना जगाउने उद्धेश्यले आफुहरुले पोखरामा उक्त पत्रिका ४० पृष्ट रंगिनमा प्रकासन गर्न शुरुवात गरेको प्रकासन तथा सम्पादक खतिवडाले बताए ।

यसै बिच, उक्त पत्रिकाको विहिबार एक समारोहका विच पोखरामा विमोचन समेत भएको छ । पोखराको पहिलो अस्पताल साईनीङ अस्पतालका पुर्व नर्स फुर्फा शेर्पा प्रधान, दाईने छातीमा मुटु भएका वामनकुमार पराजुली, सराङकोटमा गत बर्ष सवारी दुर्घटनामा परी शारीरिक असक्त भएका शेर बहादुर थापा र सविता खड्काले संयुक्त रुपमा उक्त पत्रिकाको विमाचन गरेका हुन ।

कार्यक्रममा यूआरएलका प्रवन्ध निर्देशक ठाकुर प्रसाद पन्त, दाहिने मुटु भएका वामन पराजुली, पत्रकार हेमराज अधिकारी, संचारकर्मी रुपा अधिकारी लगायतले उक्त पत्रिका निरन्तर प्रकाशनको कामना गर्दै समाजलाई सचेत पार्न यस्ता पत्रिका आवश्यक भएकोमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button