नयाँ शक्ति प्रभावकारी रुपमा अगाडि बढेको दाबी

पोखरान्युजडटकम, १० असार –

नयाँ शक्ति नेपालले पार्टी गठन र सङ्गठन विस्तारको प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढेको दाबी गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो पार्टीको अन्तरिम केन्द्रीय परिषद् सचिवालयको आजदेखि सुरु भएको बैठकले नयाँ वैकल्पिक शक्ति निर्माणको प्रक्रियाले गति लिएको ठहर गरेको हो ।

बैठकमा संयोजक डा बाबुराम भट्टराईले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रले नयाँ शक्तिलाई हेरिरहेको बताउदै पुराना पार्टीको विकल्प बन्ने हाम्रो अभियानलाई ध्यान दिएर अगाडि बढ्न नेतालाई आह्वान गर्नुभएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

आजको बैठकमा अरविन्द साह, गङ्गा श्रेष्ठ, कृष्ण शर्मा, कमला हेन्चुरी, बज्र किशोर यादव, मदन राई, जनक शाह, गणेश राई, सोनामसिंह स्याङ्तान, प्रविण मिश्र, प्रदीपमान तुलाचन, सोनामछिरिङ शेर्पा, सरुण बाठामगर, दुर्गा सोव, देवेन्द्र पराजुली, हिसिला यमी, करिष्मा मानन्धर, अटलमान राई, वीरेन्द्र पोखरेल, अमरध्वजलामा, सुरेन्द्र चौधरी, कृष्ण चौधरी, महेन्द्र पासवान, पासाङ शेर्पा र नवराज सुवेदीले धारणा राख्नुभएको प्रवक्ता देवकोटाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button