काठमाडौँ, ११ असार –
परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले एक हप्ताभित्रमा प्रवेशिका (एलएलसी) को प्रमाणपत्र पठाउने भएको छ ।
प्रमाणपत्र बनाउन समय लागेको हुनाले अबको एक हप्तामा जिल्लामा पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी गराउनुभयो ।
“सबै प्रमाणपत्र प्रिन्ट, छाप लगाउँदा समय लाग्ने भएकाले अबको एक हप्तामा पठाउँछौँ”–उहाँले भन्नुभयो । सक्कल प्रमाणपत्र नभए पनि कलेजले इन्टरनेटबाट डाउनलोड गरिएको प्रमाणपत्रका आधारमा प्रवेश परीक्षा लिइरहेका छन् ।
“साउन १५ गतेबाट कक्षा ११ को पढाइ सञ्चालन हुन्छ । त्योभन्दा अगाडि भर्ना गर्नका लागि हामीले प्रत्येक विद्यालयमा प्रमाणपत्र पुरयाउँछौँ”– उहाँले भन्नुभयो । पनिकाले गत वर्ष सञ्चालन भएको एसएलसीको नतिजा असार २ गते पहिलो पटक अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धतिमा विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution