पोखरान्युजडटकम, ११ असार –
डोटीको लाटामाडौँ गाविस तिलतालिमा आज बिहान ६ बजे आएको बाढीले केआइसिंह राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
आज बिहान ४ बजेदेखि भएको वर्षात्ले बाढीको रुप लिँदा केआइसिंह राजमार्गको बीचमा चिरेर सडकनै अवरुद्ध भएको छ ।
करिब धनगढीदेखि दीपायलका लागि गुडेका रात्रिबस र दीपायलबाट धनगढीतर्फ गुडेका दिवासेवाका सवारीसाधन तीन घन्टादेखि बाटो अवरुद्ध हुँदा तिलतालिमा नै रोकिएका छन् । करिब बिहान ८ः३० बजेदेखि टिपर, ड्रोजरले भत्केको सडकलाई पुर्ने काम गरिरहेको छ । अवरुद्ध सडक खुल्न अझै चार घन्टा लाग्ने प्रहरी चौकी तिलतालिकाका प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीले राससलाई बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् भने नजिकै नास्ताका पसल नहुँदा यात्रु मर्कामा परेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution