विषाक्त मदिरा बिक्री गर्ने पक्राउ

पोखरान्युजडटकम, ११ असार –

विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि महोत्तरी जिल्लामा विषाक्त मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara

पक्राउ पर्नेमा विषाक्त मदिरा उत्पादक जिल्लाको हात्तीलेट गाविस–४ बस्ने जगतबहादुर बुलन र बिक्री वितरण गर्ने सहसौला गाविस–६ बस्ने विनोद महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

गत शुक्रबार र शनिबार विनोद महराको मदिरा पसलबाट खुल्ला मदिरा ल्याएर सेवन गरेकोमा सहसौला–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ३५ वर्षीय रामप्रगास मल्लिक, ज्वाइँ गौशाला नगरपालिका–७ बस्ने ४५ वर्षीय पञ्चा मल्लिक, छोरी (पञ्चाकी श्रीमती) ४० वर्षीया कलावती देवी र सम्धी औरही गाविस– ३ बस्ने ६० वर्षीय बद्री मल्लिकको मृत्यु भएको थियो ।

पाँच जनाको एकै साथ मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा विनोद महराले बेचेको मदिरा विषाक्त रहेको र उनले सो मदिरा जगतबहादुर बुलनले उत्पादन गरेको खुलेकोमा उनी दुवै जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाई सकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button