हतियारसहित एकजना पक्राउ

पोखरान्युजडटकम, ११असार –

प्रहरीले हतियारसहित रुपन्देहीको लुम्बिनीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

लुम्बिनीस्थित बुद्ध गार्डेन होटलबाट शुक्रबार राति लुम्बिनी सांस्कृतिक नगरपालिकाको एकला निवासी जमाल मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रातिको समयमा हतियारसहित होटलमा बसिरहेका बेला इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले मुसलमानका साथबाट कटुवा पेस्तोल बरामद गरेको छ । उनलाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button