अज्ञात समूहद्वारा ट्रिपरमा आगजनी

पोखरान्युजडटकम , ११ असार –

कञ्चनपुरको भीमदत्त नगरपालिका – ८ तिलाचौरमा गएराति एउटा ट्रिपरमा अज्ञात समूहले आगजनी गरेको छ ।

महाकाली सिँचाइ तेस्रो चरणको नहर निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण सेवा महेन्द्रनगरको म।१ प १३४ नम्बरको ट्रिपरमा डिजेल छरेर मध्यरातमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बलमेले जानकारी दिनुभयो ।

‘कम्पनीको क्याम्पमा पार्किङ गरिएको ट्रिपरमा आगजनी गरिएको रहेछ ।’ आज बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक बलमेले भन्नुभयो–“आगजनीबाट ट्रिपरका टायर जलेर नष्ट भएका छन् ।” उहाँले समयमै निर्माण सेवाका कामदारले आगो लागेको देखेपछि नियन्त्रणमा लिएको बताउनुभयो ।

प्रहरीले आगजनी गर्ने समूहको खोजी गरिरहेको जनाएको छ । निर्माण सेवाको तिलाचौर क्याम्पमा एक दर्जनभन्दा बढी सवारीसाधन पार्किङ गरिएको कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button