जलवायु परिवर्तनःस्याउ फल्ने ठाउँमा आँप

पोखरान्युजडटकम, ११ असार –

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परिरहेको प्रतिकूल असरप्रति कृषिविज्ञ एवम् प्रविधिकले चिन्ता व्यक्त गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यहाँ शुक्रबार आयोजित ‘जलवायु परिवर्तन र कृषि’ विषयको अन्तक्र्रियामा कृषि प्राविधिज्ञले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्र नराम्रोसँग प्रभावित भइरहेकाले यसको असर न्यूनीकरणका लागि व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कृषि सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ कृषि सञ्चार अधिकृत डा राजु घिमिरेले जलवायु परिवर्तनले पार्ने सकारात्मक र नकारात्क असर लगायत विषयमा कृषक समुदायमा निरन्तर सूचना जानकारी उपलब्ध गराएर चेतना अभिवृद्धि गर्न जरुरी भइसकेको बताउनुभयो ।

जलवायु परिवर्तनका कारण नै नेपालमा पहिले स्याउ फल्ने क्षेत्रमा अहिले आँप, लिची लगायत गर्मी याममा फल्ने फलफूल फल्न थालेको, विभिन्न किराको समस्या बढेको, समयभन्दा ढिलो वा चाँडो वर्षा हुन थालेको, डुबान र बाढीको समस्या बढ्न थालेको, कतिपय बालीको उत्पादकत्व घट्न थालेको, अतिवृष्टि–अनावृष्टि हुने क्रम बढेको, हिमालमा हिउँ देखिन छाडेको लगायत समस्या देखिन थालेको बताइन्छ ।

बर्सेनि ०.०६ डिग्री सेल्सियसको दरले तापक्रम वृद्धि भइरहेको र जलवायु परिवर्तनकै कारण सन् २०५० सम्म पृथ्वीमा रहेका जीवजन्तुमध्ये एक चौथाइ जीवजन्तु हराएर जाने सम्भावना देखिएको एक तथ्याङ्कमा जनाइएको छ ।

मानवसिर्जित समस्या जस्तै प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोप लगायत कारण भइरहेको जलवायुमा परिवर्तनले मानव जीवनका हरेक क्षेत्रमा नकारात्मक असर पु¥याएको बताइन्छ । कम्तीमा पनि मानवसिर्जित समस्या कम गर्न सकिएमा जलवायु परिवर्तनले पार्ने असर न्यूनीकरण गर्न सकिने विज्ञ बताउँछन् ।

कार्यक्रममा क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका वरिष्ठ बाली संरक्षण अधिकृत नवीन शर्मा र जिल्ला कृषि विकास कार्यालय कैलालीका प्रमुख युवराज पाण्डेले जलवायु परिवर्तनले कृषिमा पारेको असरबारे प्रकाश पार्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button