युवा परिषद सबै जिल्लामा गठन हुने

पोखरान्युजडटकम, ११ असार –

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सह सचिब तेजराज पाण्डेले नेपाली युवाहरुको समस्याहरु समाधान गर्न युवा परिषद यहि भदौ भित्र सबै जिल्लामा गठन गर्ने गरी मन्त्रालयले काम अगाडी बढाएको जानकारी दिएका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रण्नितिक योजनाको बारेमा पश्चिमाञ्चल क्षेत्रमा आयोजित दुइ दिने छलफल कार्यक्रमको समापन गर्दै सह सचिव पाण्डेले सहभागीहरु समक्ष उक्त कुराको जानकारी दिएका हुन । परिषद गठन हुने वित्तिकै जिल्लामा रहेका सबै युवा सूचना केन्द्रहरुको समेत प्रभावकारीता वढने उनले बताए ।

बजेट अभावका कारण मन्त्रालयले युवा कार्यक्रमहरुमा गति लिन नसकेको वताउँदै सहसचिव पाण्डेले युवा संग गाँसीएका धेरै कार्यक्रमहरु परिषदको गठन पछि सहज हुने उनको भनाई थियो । मन्त्रालयले १० वर्षे रणनितिक योजना र कार्यक्रमहरुको कार्यान्वयनका लागि समेत सरोकारवाला संस्था र अन्य मन्त्रालयहरु संग समेत मिलेर काम गर्ने सहसचिव पाण्डेले वताए ।

दुइ दिने कार्यक्रममा मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रणनितिक योजनाको बारेमा मन्त्रालयका उपसचिव ज्ञानराज सुवेदीले ६ वटा विभिन्न सिर्षकमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्रालय द्वारा पोखरामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रिय अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागिहरुले राष्ट्रिय युवा निति २०७२ को प्रभावकारी कार्यान्वयनका लागि समेत जोड दिएका थिए । दुई दिन सम्म चलेको उक्त कार्यक्रममा पश्चिमाञ्चलका कास्की, लमजुङ्ग, तनहुँ, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका विभिन्न रजनितिक दलका भातृसंगठनका अध्यक्ष तथा अन्य सरोकारवाला संस्थाकाहरुका करिव ५० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button