बाढीले केरा खेती डुबानमा

  • पोखरा न्यूज
  • २०७३ अषाढ ११
बाढीले केरा खेती डुबानमा

पोखरान्युजडटकम , ११ असार –

अविरल वर्षासँगै आएको बाढीले सप्तरीको भारदह– १ मा हजारौँ बिघामा लगाइएको केराखती अहिले डुबानमा परेका छन् ।

पूर्वी पहाडी जिल्लामा लगातार परेको पानीले सप्तकोसी नदीमा पानी थुनिएपछि भारदहमा लगाइएको हजारौँ बिगाहाको केरा अहिले डुबानमा परेको हो ।

करोडौँको लागतमा स्थानीय किसानले लगाएको केरा लगातार परेको पानीले केराको खेतखेतमा पानी पसेको स्थानीय किसान अशोक माझीले बताउनुभयो ।केराखेतमा पानी पसेपछि किसान अहिले चिन्तित देखिएका छन् । यस्तै लगातार परेको पानीले मोहली खोलामा आएको बाढीले भारदह– १ मा लगाइएको केरामा पनि आज बिहानबाट केराको बोट काटेर बगाउन थालेको छ ।

सो खोलाको पानीले केराको जरादेखि नै कटान गरेर नदी बनाउन थालेको भारदह– १ का किसान डम्मर मण्डलले जानकारी दिनुभयो ।

आज बिहानसम्ममा मात्र करिब दुई बिघाहा भन्दा बढी केरा मोहली खोलाले कटान गरेको बताइएको छ । अहिले पनि सो क्षेत्रमा केरा कटान हुने क्रममा जारी नै रहेको मण्डलले बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस