दर्जनौँ गाविस डुबानमा

पोखरान्युजडटकम, ११ असार –

लगातार परेको अविरल वर्षाका कारण खाँडो खोलामा आएको बाढीले दक्षिणी भेगका एक दर्जनभन्दा बढी गाविस डुबानमा परेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खाँडो नदीमा आएको बाढीमा पानी हाल गाउँघरमा पसेपछि गाउँका झन्डै सयभन्दा बढी घरमा दुई फिटसम्म पानी जम्मा भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । साथै बाढीले तिलाठी–हनुमाननगर सडक खण्डको दुई किमी कटान गरेको बताइएको छ ।

बाढीबाट राहत तथा उद्धार र बाँध मर्मतका लागि हाल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षको नेतृत्वमा १५ जनाको टोली त्यसतर्फ गएको छ । जिल्लाका दक्षिण भेगमा पर्ने सकपुरा लोनिया, तिलाठी, रमपुरा मल्हनिया सहितका गाविस र भारतसँग जोडिएको कुनोलीमा समेत बाढीले घर डुबानमा परेका बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button