पोखरान्युजडटकम, ११ असार –
काठमाडौँ–निजगढ दु्रुतमार्ग र त्रिभुवन राजपथलाई जोड्ने गरी प्रस्तावित बाहिरी चक्रपथको चोभारदेखि काठमाडौँको गाम्चा हुँदै सतुङ्गलखण्डको ६.६ किमी क्षेत्रमा पर्ने आठ हजार रोपनी जग्गा विकास गरिने भएको छ ।
बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा यो खण्डमा जग्गा विकास गर्न लागिएको हो । जग्गा विकासका लागि एउटै प्लट हो भनी रोक्का गरेर प्रक्रिया अघि बढाइएको बाहिरी चक्रपथ आयोजनाले जनाएको छ । जग्गा विकास प्रक्रिया सुरु भए पनि कित्ता पूरै बेच्न पाइने तर कित्ताकाट गरेर बेच्न नपाइने आयोजना प्रमुख रमामैयाँ मानन्धरले राससलाई जानकारी दिनुभयो ।
“जग्गा विकास गर्दा हरेक घडेरीमा सडक, ढल, बिजुली, धारालगायतका पूर्वाधार पु¥याइन्छ, जग्गा विकास गरेपछि जग्गाधनीलाई नै फिर्ता गरिन्छ, घडेरीमा सुविधा पुगेबापत जग्गाधनीले सडकका लागि २५ प्रतिशत र खुला क्षेत्रका लागि पाँच प्रतिशत जग्गा छोडनुपर्छ” – उहाँले भन्नुभयो ।
बाहिरी चक्रपथको ७२ किमी दूरीमध्ये पहिलोचरणमा ६।६ किमीको जग्गा विकास गर्न लागिएको हो । जग्गा विकासका लागि यस क्षेत्रका जग्गा धनी सहमत छन् वा छैनन् भनी राय बुझ्न ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाले भू–उपयोग योजनालाई आधार मानेर जग्गा विकास गर्न लागेको हो । जग्गा विकासका लागि जनतासँग जग्गा लिएर आवश्यक पर्ने अन्य खर्च सरकारले नै गर्नेछ ।
जग्गा विकासपछि बाहिरी चक्रपथको सडक निर्माण सुरु गरिनेछ । सडक केन्द्ररेखाबाट दायाँबायाँ २५ मिटर गरी ५० मिटर हुने आयोजनाले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution