पोखरान्युजडटकम , ११ असार –
नेपालले भारतलाई तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिपमा २–० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ ।
टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थ्रिको खेलमा २०–१८ र १८–१४ले भारतलाई पराजित गरेको हो ।
विच भलिबल जस्तै बालुवामा खेलिने खेलमा हातको सट्टा खुट्टाको प्रयोग गरिने छ । १८ अंकमा खेल समाप्त हुने भएता पनि दुई अंकको फरक अनिवार्य हुनेछ ।
विजयी खेलाडीहरुलाई ईन्डियन स्पोर्ट अथिरिटी बोर्डका सदस्य डा. एनएम नन्द, दक्षिण एशियाली फुटभली महासंघका अध्यक्ष राम अवतारले मेडल तथा ट्रफी प्रदान गरेका थिए ।
दक्षिण एशियामा नौलो खेलको रुपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो । उक्त खेललाई दक्षिण एशियामा विकास विस्तार गर्ने उद्धेश्यले नेपाल आएको दक्षिण एशियाली फुटभली महासंघका प्रतिनिधी तथा भारतीय फुटभली संघको टोलीले नेपालमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।
ओलम्पिकमा दर्ता रहेको यस खेललाई नेपालले २०७२ बैशाख १२ गते दक्षिण एशियाली फुटभली च्याम्पियनसिपको रुपमा आयोजना गरि सकेको छ भने थाईल्यान्डमा गत बैशाख ३० देखि आयोजना भएको एशियाली फुटभली च्याम्पियनसिपमा सहभागीता जनाई सकेको नेपाल फुटभली संघका अध्यक्ष मनिष ‘राम‘ जोशीले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution