संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती – उपप्रधानमन्त्री मैनाली

  • पोखरा न्यूज
  • २०७३ अषाढ ११
संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती – उपप्रधानमन्त्री मैनाली

पोखरान्युजडटकम, ११ असार –

उपप्रधानमन्त्री सिपी मैनालीले सरकार नेपालले छिमेकी भारत र चीनसँगका नाका खोलेर दुवै देशसँग बराबर व्यापार गर्ने रणनीतिका साथ अघि बढेको बताउनुभएको छ ।

आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै महिला बालबालिका एवम् समाज कल्याणमन्त्रीसमेत रहनुभएका मैनालीले भारतसँग मात्र भर परेर व्यापार गर्दा धेरै अप्ठ्यारो परेको र पटक–पटक नाकाबन्दी व्यहोर्नु परेको बताउनुभयो ।

अब मुलुकका लागि कुनै अप्ठ्यारो नपरोस् भनेर दुवैतिर नाका खोलेर बराबर व्यापार गर्ने रणनीतिमा सरकार क्रियाशील रहेको उपप्रधानमन्त्री मैनालीको भनाइ थियो । उहाँले तराई–मधेसमा एक वा दुईमात्र प्रदेश र त्यसमा पनि पहाडका भू–भाग थप्न नपाइने केही मधेसवादीको माग रहस्यमय भएको बताउँदै संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । नेपालमा बस्ने सबै आदिवासी भएको बताउँदै उहाँले संविधान आएपछि मुलुक शान्ति, समृद्धि, शिक्षा र चेतनाको बाटोमा अघि बढ्छ भन्ने आम आशाविपरीत घटनाक्रम भएको बताउनुभयो ।

संविधान कार्यान्वयनमा प्रतिपक्षमा रहेको काँग्रेसलगायतका दललाई समेत सहयोग गर्न र सरकारमा सामेल हुन उहाँको आग्रह थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस