नेदरल्याण्डकी व्यूटि विशेषज्ञ जेनीद्धारा पोखरामा प्रशिक्षण

पोखरान्युजडटकम, ११ असार –

पोखराका व्यूटिसियनहरुलाई नेदरल्याण्डकी व्युटि विशेषज्ञ जेनीले प्रशिक्षण गराएकी छिन । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कास्कीको आयोजनामा नेदरल्याण्डकी व्युटि विशेषज्ञ जेनीले शनिबार पोखरामा व्यूटि सम्बन्धि अन्तराष्ट्रिय स्तरको प्रशिक्षण गराएकी हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका संस्थापक अध्यक्ष बरिष्ठ सौन्दर्यकर्मी एवं जिफन्ट गण्डकी धौलागिरीका अध्यक्ष समेत रहेकी मिना गुरुङले उक्त प्रशिक्षको उद्घाटन गर्दै समयसापेक्ष अन्तराष्ट्रिय स्तरको प्रशिक्षण आवश्यक भएको बताउदै यस्ता तालिमले महिलाहरुको सिपको विकास हुने विश्वास व्यक्त गरीन ।

युनियन कास्कीका अध्यक्ष हिरा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, महासचिव सुमन गुरुङ लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button