प्रधानमन्त्री ओलीको कारण स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी नियुक्ति हुन सकेन – चौधरी

पोखरान्युजडटकम, ११ असार – 

स्वास्थ्य मन्त्री रामजनम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै सिफारिस नगरेको हुनाले स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी नियुक्तिमा ढिलाई भएको आरोप लगाए । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल परिसरमा हालै अस्पतालद्धारा संचालीत फार्मेसीको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री चौधरीले प्रधानमन्त्री ओलीको कारणले गर्दा दुई महिना अघि देखि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी नियुक्ति देखि अन्य प्रकृयाहरु अघि बढाउन खोज्दा पनि प्रधानमन्त्रीले वेवास्था गरेकोले कर्मचारी नियुक्ति देखि प्रतिष्ठानका अन्य काम अघि बढ्न नसकेको आरोप लगाएका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनले भने “ मैले हरेक क्याविनेट मिटिङमा प्रतिष्ठानलाई छिटै व्यबस्थित पार्न कर्मचारी नियुक्ति देखिका काम काज अघि बढाउन माग गर्दै आएको छु तर पनि प्रधानमन्त्रीले कुनै वास्ता गर्नु हुन्न । ” स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति भएको नाताले प्रधानमन्त्रीले प्रतिष्ठानको कर्मचारी नियुक्ति देखि अन्य प्रकृया अघि बढाउनु पर्नेमा आफु सहायक कुलपति भएको नाताले सिफारीस माग्दै आएको दुई महिना बित्दा सम्म पनि प्रधानमन्त्रीले कुनै प्रकृया अघि नबढाएको मन्त्री चौधरीले गुनासो गरे । उनले भने “ यस बिषयमा प्रधानमन्त्री गम्भीर हुनु भएको छैन, सहायक उपकुलपति भएको नाताले हरेक क्याविनेटको मिटिङमा यस बिषयलाई उठाउदै आए पनि उहाँले खासै चासो दिनु भएको छैन, प्रधानमन्त्रीको कारणले गर्दा प्रतिष्ठानमा कर्मचारी नियुक्ति देखि अन्य प्रकृयाहरु रोकिएको हो। ”

मन्त्री चौधरीले स्वास्थ्य बिमा हाल ३ जिल्लाबाट सुरु भए पनि यसलाइ २५ जिल्लामा पहिलो चरणमा सुरु गर्ने बताए । उनले भने “स्वास्थ्य बिमा सबै क्षेत्रमा लागु भएको खण्डमा कोहि पनि व्यक्तिहरु उपचार नपाएर मृत्युवरण गर्नु पर्दैन, स्वास्थ्य बिमाले व्यक्तिको उपचारको ग्यारेन्टी गर्छ । ” महङगो प्रकृतिका रोगहरुको उपचारको लागि सरकार गम्भीर भएको भन्दै मन्त्री चौधरीले एक-दुई बर्ष भित्रमा किट्नी फेर्ने देखिका गम्भीर प्रकृतिका उपचारहरु निशुल्क हुने व्यावस्था गर्ने सरकारले तयारी गरेको बताए । पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले नक्कली प्रमाण पत्र धारी चिकित्सकहरुले स्वास्थ्य क्षेत्रकै बदनाम गरेको बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाइ स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा गरे पनि कर्मचारी नियुत्ति देखि अन्य काम अघि बढाउन सरकार समक्ष आग्रह गरे । उनले प्रतिष्ठान स्थापनासंगै अस्पतालमा भवन आवश्यक भएकोले भवन निमार्णको लागि सरकारले ठुलो बजेट विनियोजन गर्नु पर्ने माग समेत गरे । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली, पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक तारानाथ पौडेल, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कागेंसका नेता हरी प्रसाद आचार्य, नेकपा माओबादी केन्द्रका नेता अर्जुन छन्त्याल लगायतले सामुदायिक अस्पतालमा स्थापना भएको फार्मेसीले उपभोक्ताहरुलाई धेरै सहुलियत औषधि दिनु पर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button