पश्चिमाञ्चल क्षेत्रिय अस्पताल भित्र फार्मेसी संचालनमा

पोखरान्युजडटकम, ११ असार –

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा फार्मेसी संचालनमा आएको छ । पश्चिमाञ्चल क्षेत्रको सबै भन्दा ठुलो सामुदायिक अस्पतालमा अस्पतालद्धारा हालै संचालनमा आएको उक्त फार्मेसीको शनिबार एक समारोहका बिच स्वास्थ्य मन्त्री रामजनम चौधरीले उद्घाटन गरेका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल सरकारले सरकारी अस्पताल हाता भित्र कुनै निजी कम्पनीलाई फार्मेसी राख्न नपाउने प्रावधान ल्याए पछि गत साउन देखि अस्पताल हाता भित्र फार्मेसी नभएको अवस्थामा करीब ११ महिना पछि अस्पतालबाटै फार्मेसी संचालनमा आएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले बताए । अस्पतालबाट संचालन भएको फार्मेसीमा औषधि लिदा उपभोक्ताहरुलाई करीब १० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुन सक्ने उनले बताए । उनले भने “सरकारको निति अनुसार हामीले फार्मेसीबाट धेरै पैसा कमाउने कुनै लक्ष्य छैन, हामीले फार्मेसीबाट कम नाफा खाने गरी औषधि टेण्डर गर्दै छौं, जति सहुलियतमा टेण्डर पर्छ त्यही नै सहुलियतमा आम उपभोक्ताहरुलाई हामीले औषधि दिने छौं ।” अस्पतालले नाफाको ५० प्रतिशत आम उपभोक्तालाई र बाँकी ५० प्रतिशत नाफा अस्पताल व्यबस्थापनमा खर्चने भएको छ । २० प्रतिशत भन्दा कम नाफा खाने उनले बताए । फार्मेसीको लागि १३ जना कर्मचारी परिचालन भएका छन ।

अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुको परिक्षण गर्दा बाहिर घाम तथा पानी पर्दा औषधि लिन अस्पताल बाहिर जादा हाल उपभोक्तालाई दुखः हुने पाउने गरेका थिए । गत बर्ष अस्पताल परिसरमा बार्षिक ३० लाख भन्दा बढी रकम तिरेर टेण्डर हालेर पनि फार्मेसी राख्न हानथाप हुने गरेको थियो । जुन रकम आम उपभोक्ताहरुबाटै विभिन्न कम्पनीहरुले अशुल गर्ने गरेका थिए । अस्पतालमा हाल दैनिक जसो ८ सय जना आउने गरेको फार्मेसि अधिकृत सुश्मिता शर्माले बताईन । उनका अनुसार अस्पतामला हाल ९ सय ८० थरीका औषधिहरु रहेका छन । सरकारको औषधि खरिद ऐन व्यावहारीक नभएको उनले बताईन । मासिक एक करोड बढीको औषधिको कारोवार हुने उनले अपेक्षा गरेकी छिन ।

अस्पतालले दिउँसो २ बजे देखि ४ बजेसम्म प्रयोगशाला विस्तारीत हस्पताल सेवा (ईएचएस) सेवा संचालनमा आएको छ । यसको लागि उपभोक्ताहरुले ओपीडी शुल्कः वापत ४ सय रुपैया तिर्नु पर्दछ । विहान १० बजे देखि दिउँसो २ बजेसम्म ओपीडीमा २५ रुपैयामा स्वास्थ्य परिक्षण गर्न सकिन्छ । अन्य निजी अस्पतालमा हाल ओपीडी सेवामा सामान्यतया ४ सय देखि ५ रुपैया लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button