पोखरान्युजडटकम, १२ असार –
बर्दियाको बबई नगरपालिकाबाट एक थान चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली जिल्ला लम्की चुहाँ नगरपालिका–१ बस्ने १९ वर्षीय कमल शाही र सोही ठाउँ निवासी १८ वर्षीय लोकजङ्ग विकलाई प्रहरीले गएराति पक्राउ गरेको प्रहरीले बताएको छ ।
बग्नाहा भुरीगाउँस्थित भुरीगाउँ बजारबाट क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट खटिएको आरआइटीको टोली र इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँबाट खटिएको संयुक्त प्रहरीको टोलीले चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुईजनालाई इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution