एक्काइस वर्षमा सडकको ट्र्याक खुल्यो

पोखरान्युजडटकम, १२ असार –

ताहुँ–देउराली–फोक्सिङकोट मोटरबाटोको किटेनी भञ्ज्याङदेखि भञ्ज्याङथोकसम्मको मोटरबाटोको ट्रयाक २१ वर्षपछि खुलेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विसं २०५२ देखि गाविसको बजेटबाट खन्न थालेको सो बाटोको ठाँउठाउँमा कडा चट्टान र पहराले सुस्तगतिमा काम भएको थियो ।

यसवर्ष बाटोका लागि केन्द्रीय बजेट रु २१ लाख ६६ हजार, निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु १२ लाख तथा कृषि सडक शीर्षकमा रु छ लाख ९० हजार गरी कुल रु ४० लाख ५६ हजार रकम विनियोजन गरिएको स्थानीय एवत सारुले बताउनुभयो ।

ठाउँठाउँमा कडा चट्टान तथा पहरा फोर्न नसक्दा करिब नौ किमी दूरीमा रहेको ट्र्याक खोल्न स्थानीयवासी, गाविस, जिविस तथा केन्द्रको लाखौँ रकम खर्च भएको छ । गाविसको पूर्वी भेगबाट बाटो खुलेपछि फोक्सिङकोटको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास स्थानीयवासीले लिएका छन् ।

ट्र्याक खुले पनि सवारी साधन गुड्न मिल्ने बनाउन अझ केही स्थानमा बाटोको स्तरोन्नति गरिनुपर्ने उपभोक्ता समितिका अध्यक्ष चेतबहादुर सुनारी बताउनुहुन्छ । अन्तिम समयमा बजेट सकिँदा काम थोरै भएको हुँदा बाँकी कामका लागि करिब रु पाँच लाख रकम स्थानीय राजनीतिक दल, विभिन्न व्यक्तिको सहयोग लिएर सवारी साधन गुड्न मिल्ने बनाइने उपभोक्ता समितिका सचिव टकबहादुर फालले बताउनुभएको छ ।

स्थानीय कृषि उपजहरु दालचिनी, अदुवा, बेसारका साथै बाख्रा, भैँसीलगायतका वस्तु निकासीमा सहज हुने स्थानीय अगुवा उमान सिंह सारुको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button