पोखरान्युजडटकम, १२ असार –
गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार धुर्मुस सुन्तलीलाई नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । २४ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले बस्ती निर्माणका लागिउक्त रकम सहयोग गरेको हो ।
भूकम्पपश्चात शुभ चिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बताउनुभएको छ । अष्ट्रेलीयाका बबीहलोवास लगायत थुप्रै शुभ चिन्तकहरुबाट सो रकम प्रतिष्ठानलाई प्राप्त भएको थियो ।
धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्य एवं गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् । डा. गोविन्द पोख्रेल र वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य प्रतिष्ठानको वोर्ड सदस्य हुनुहुन्छ भने मदनकृष्ण श्रेष्ठ वोर्ड सल्लाहकार हुनुहुन्छ ।
प्रतिष्ठानबाट प्राप्त उक्त सहयोगप्रति आभार व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले एउटा अस्पतालको तर्फबाट भएको उक्त सहयोगले निकै उर्जा मिलेको बताएका छन् । प्रतिष्ठानको उक्त सहयोगसँगै ४ करोड ९६ लाख अनुमानीत लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि फाउण्डेशनमा ३ करोड सहयोग जुटेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution