वैदेशिक रोजगारलाई सुरक्षित बनाउन मञ्च गठन

पोखरान्युजडटकम, १२ असार –

वैदेशिक रोजगारमा गएर फर्केका यहाँका कामदारले आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खुमकान्त गौडेलको अध्यक्षतामा नौ सदस्यीय आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरिएको हो । समितिका उपाध्यक्षमा नीता गुरुङ, सचिवमा सुभ राना, कोषाध्यक्ष धुव्र भुषाल तथा सदस्यहरुमा सरिता कँडेल, उमा भुषाल, वृन्दा कँडेल, वासुकी लामिछाने र मनमाया सोमै रहनुभएको छ ।

सल्लाहकारमा बालकुमारी जिसी, होलीमाया गाहा, गोपाल पौडेललगायत रहनुभएको छ । नगरपालिका भित्रका विभिन्न वडाका वैदेशिक रोजगारसँग सम्बन्धित व्यक्तिको भेलाले गठन गरेको समितिले नगर क्षेत्रमा वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अभियान चलाउने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button