|प्रतिकात्मक तस्बिर
पोखरान्युजडटकम, १२ असार –
वैदेशिक रोजगारमा गएर फर्केका यहाँका कामदारले आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरेका छन् ।
खुमकान्त गौडेलको अध्यक्षतामा नौ सदस्यीय आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरिएको हो । समितिका उपाध्यक्षमा नीता गुरुङ, सचिवमा सुभ राना, कोषाध्यक्ष धुव्र भुषाल तथा सदस्यहरुमा सरिता कँडेल, उमा भुषाल, वृन्दा कँडेल, वासुकी लामिछाने र मनमाया सोमै रहनुभएको छ ।
सल्लाहकारमा बालकुमारी जिसी, होलीमाया गाहा, गोपाल पौडेललगायत रहनुभएको छ । नगरपालिका भित्रका विभिन्न वडाका वैदेशिक रोजगारसँग सम्बन्धित व्यक्तिको भेलाले गठन गरेको समितिले नगर क्षेत्रमा वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अभियान चलाउने बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution