पोखरान्युजडटकम, १२ असार –
बारा जिल्लासँग भारतीय सीमा जोडिएको करिब ६० किमी पूर्वपश्चिम सीमा क्षेत्रमा रहेको सीमा स्तम्भमध्ये १७६ सीमा स्तम्भ हराएको छ ।
त्यस्तै २१९ सीमा स्तम्भ मर्मतसम्भार गरिने अवस्थामा रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक निंरकार शुक्लले बताउनुभयो ।
बारा जिल्लासँग जोडिएको भारतीय सीमा पूर्वपश्चिम ६० किमी क्षेत्रमा ठूलो सीमा स्तम्भ ३३, सहायक सीमा स्तम्भ ८० र सानो सीमा स्तम्भ ५७२ हुनुपर्नेमा ठूलो स्तम्भ दुई, सहायक स्तम्भ छ र सानो स्तम्भ १६८ वटा गरी १७६ सीमा स्तम्भ हराइसकेको छ भने ठूलो स्तम्भ चार, सहायक स्तम्भ २६ र सानो स्तम्भ १८९ मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेको थाहा भएको छ ।
हराइराखेको सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गर्नुपर्ने र मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेको सीमा स्तम्भलाई तत्काल मर्मत गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने सरोकार भएकाहरुले अनुरोध गरेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution