पोखरान्युजडटकम, १२ असार –
काठमाडौँ जिल्ला अदालतमा गत तीन वर्षमा सम्बन्धबिच्छेदका पाँच हजार ६३ मुद्दा दर्ता भएका छन् ।
तीमध्ये चार हजार ६४ मुद्दाको फैसला भइसकेको छ । करिब एक हजार मुद्दाको फैसला हुन बाँकी छ । काठमाडौँ जिल्ला अदालतका कर्मचारी लिकेश श्रेष्ठका अनुसार काठमाडौँमा आव २०७०÷०७१ मा एक हजार ७४२ यस्ता मुद्दा दर्ता भएकामा । एक हजार ७२१ मुद्दा फैसला भइसकेका र २१ मुद्दा विचाराधीन छन् ।
त्यसैगरी आव २०७१-२०७२ मा एक हजार ८३६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकामा १२० मुद्दामा फैसला हुन बाँकी छ । त्यसमा एक हजार ७१६ मुद्दा फैसला भइसकेको अदालतले जनाएको छ । त्यसैगरी २०७२ साल साउन १ गतेदेखि २०७३ साल वैशाख २० गतेसम्म एक हजार ४८५ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये एक हजार २७ फैसला भइसकेका र ४५८ मुद्दा फैसला हुन बाँकी छ ।
एकापसमा मनमुटाब, अन्तरजातीय विवाह लगायत कारणले सम्बन्धबिच्छेदका घटना बढेको अदालतका कर्मचारी श्रेष्ठले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution