पाटेबाघको सङ्ख्या वृद्धि

पोखरान्युजडटकम, १२ असार –

पछिल्लो समयमा पाटेबाघको सङ्ख्या नेपालमा बढ्न थालेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बाघ संरक्षण गर्ने अभियान चलेपछि वृद्धि भएको हो तर यसको चोरी–सिकार हुने क्रम भने कायमै छ । यसले बाघको संरक्षणमा चुनौती समेत देखिएको छ । नेपालमा तराईका जङ्गल, भित्रीमधेस क्षेत्र, चुरे र महाभारत क्षेत्रमा प्रशस्त पाइने पाटेबाघ लोप हुँदै बर्दिया, बाँके, चितवन लगायत पर्सा वन्यजन्तु आरक्षमा सीमित हुन पुग्यो । बाघको चोरी–सिकार, बासस्थान विनाश, आहारा प्रजातिमा कमी लगायत जमिनको खण्डीकरणका कारण बाघ लोप हुने क्रम बढेको पाइन्छ।

सन् १९३० को दशकमा सोखका लागि गरिएका सिकार पनि बाघ लोप हुनाको प्रमुख कारण हो । विश्वमा पाइने नो प्रजातिका बाघमध्ये बाली, जाभा र क्यास्पियन प्रजाति लोप भइसकेका छन् । हाल विश्वमा विभिन्न प्रजाति गरी चार हजार २४० बाघ छन् । बाघ पारिस्थितिकीय प्रणालीको एक प्रमुख र स्वास्थ्य जङ्गलको सूचक मानिन्छ । पछिल्लो समय नेपालमा बाघ संरक्षणका लागि गरिएका प्रयासले बाघको सङ्ख्या वृद्धि हुन थालेको छ ।

सन् २०१३ को बाघ सर्भेक्षण अनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्ला फाँटामा १७, पर्सामा सात र बाँकेमा चार पाटेबाघ छन् । सन् २०१६ को बर्दियामा गरिएको बाघ अनुगमनबाट बाघको सङ्ख्या बढ्ने देखिन्छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापनापछि बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज थप प्रभावकारी बन्दै गइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापा बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button