पेन्टाथलनमा आदर्शलाई कास्य

पोखरान्युजडटकम , १२ असार –

मित्र राष्ट्र ईटालीको रोम शहरमा आयोजित चौथौ युलाईस ट्रफी मोर्डन पेन्टाथलनमा आदर्श कार्कीले कास्य पदक प्राप्त गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शनिबार भएको प्रतियोगितामा जुनियरतर्फको ई क्याटागोरीमा हिम्स स्कुलमा कक्षा ५ मा अध्ययनरत आदर्शले कास्य पदक प्राप्त गरेको प्रशिक्षक शंकर कार्कीले रोमबाट जानकारी गराएका छन् ।

पेन्टाथलन 2

नेपाल सहित नौ युरोपियन देशहरुका करिव ३०० खेलाडीहरुको सहभागिता रहेको मोर्डन पेन्टाथलनमा नेपाली खेलाडीहरुले हासिल गरेको यो नै पहिलो पदक रहेको संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ ‘राजु’ले जानकारी गराए । मोर्डन पेन्टाथलनको स्थापना पश्चात अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाएको पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button