पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान

पोखरान्युजडटकम, १२ असार –

पूर्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैंसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

धरधनी हरिभक्त विष्टले आजै राष्ट्रपति कार्यालय शीतलनिवासबाट २०७२ कात्तिकदेखि २०७३ असार महिनासम्मको घरभाडा बुझ्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सहायक प्रवक्ता धु्रवप्रसाद अचार्यका अनुसार घरभाडाका लागि कर कट्टीबाहेक रु १२ लाख ३९ हजार ४०० को चेक तयार भइसकेको तर सम्झौताको प्रक्रियागत कार्य बाँकी भएकाले घरधनी विष्टबाट सम्झौतामा हस्ताक्षर भएपछि रकम भुक्तानी गरिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button