पोखरान्युजडटकम, १२ असार –
भूकम्पपीडितलाई विभिन्न मुलुक पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिका, क्यानाडा र जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद दङ्गाललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
अभियुक्त दङ्गाललाई अरवीन्द योग आश्रम थानकोटमा लुकिरहेका अवस्थामा शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब निरीक्षक डिल्लीराज पन्तले राससलाई जानकारी दिनुभयो ।
पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर पठाइएको उहाँले बताउनुभयो । अभियुक्त दङ्गालका नाममा विभिन्न व्यक्तिबाट रु एक करोडभन्दा बढी ठगीका उजुरी परेको प्रहरीले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution