दुई लाखको प्रतिबद्धता नआए काँग्रेसले संसद् चल्न नदिने

पोखरान्युजडटकम , १३ असार –

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारबाट भूकम्पपीडित जनतालाई एकमुष्ट रु दुई लाख दिने प्रतिबद्धता नआए आज पनि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध गर्ने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

काँग्रेस संसदीय दलको आज बसेको पूर्ण बैठकले आफ्नो माग सुनुवाइ नभएकाले संसद् अवरोध गर्नुपरेको स्पष्ट पारेको हो । बैठकपछि नेता डा प्रकाशशरण महतले प्रधानमन्त्रीले संसद्मा बोल्दा माग सम्बोधन गर्ने गरी बोल्नु पर्ने अन्यथा आज पनि संसद् अवरुद्ध गर्ने बताउनुभयो । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठक सञ्चालनका सम्बन्धमा सरकारबाट वार्ताका लागि आह्वान भए तयार रहेको जानकारी गराउँदै नेता महतले भन्नुभयो – “भूकम्प प्रभावित जनताको नामावलीमा सङ्कलनका क्रममा समेत राजनीतीकरण भएको छ, यसमा सरकारबाट स्पष्ट जवाफ आउनुप¥यो ।”

मागका बारेमा सहमति भए सभा चल्न दिने बताउँदै उहाँले सरकारसँग वार्ताका लागि सङ्केत आएको समेत जानकारी दिनुभयो ।

काँग्रेसले बैठक अवरुद्ध गरेर अप्रजातान्त्रिक चरित्र देखाएको सत्ता पक्षको आरोप छ भन्ने जिज्ञासामा नेता महतले नेकपा एमालेले प्रतिपक्षमा रहँदा ५६ दिनसम्म संसद् अवरोध गरेको स्मरण गराउनुभयो ।

काँग्रेसले हिजोका दिनमा आफू नेतृत्वको सरकारले भूकम्पपीडितलाई किस्तबन्दीमा रकम दिने भनेको तर त्यो एक वर्षभित्रको समयावधिका लागि मात्र भएकाले हाल ढिला भएकाले तत्काल एकमुष्ट रु दुई लाख दिनुपर्छ भन्ने हाम्रो माग गरेको स्पष्ट पारेको छ ।

नेता महतले तत्कालीन सरकारको कार्यतालिकाअनुसार काम नभएको हुनाले अब त्यो कार्यविधि संशोधन गरेर एकमुष्ट दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button