पोखरान्युजडटकम , १३ असार-
पोखरादेखि वीरगन्जतर्फ जाँदै गरेको ना५क ६४२७ नम्बरको यात्रुवाहक बस तनहुँको घाँसीकुवा–१ बेलवासमा पल्टिदा १६ जना यात्रु घाइते भएका छन् ।
आज बिहान भएको घटनाका घाइतेको डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा आइसकेकोले अनुसन्धान भइरहेको बताइएको छ । रासस





