सुर्तीजन्य पदार्थको अनुगमन

पोखरान्युजडटकम, १४ असार –

सरकारी कार्यालय, विद्यालय एवम् सार्वजनिकस्थल वरपर पटक पटक सुर्तीजन्य पर्दाथको बिक्री वितरण गरेको गुनासो बढेपछि सोमबार बजार अनुगमन गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कुनै पनि सार्वजनिकस्थलको १०० मि वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाउने ऐन कानुन मिचिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा अनुगमन गरिएको हो । सहायक प्रजिअ लक्ष्मीदेवी होमागाईंको नेतृत्वमा गएको अनुगमन टोलीले पसलैपिच्छे भेटिएका सुर्तीजन्य पदार्थ जफत नगरी यतिकै छाडेको छ ।

यसअघि गरिएको यस प्रकारको अनुगमनमा पनि ऐन विपरीत सुर्तीजन्य पदार्थ बिक्री गर्ने विरुद्ध कुनै कारबाही नभएपछि अनुगमनमा भक्तपुरका सरकारी कार्यालय, विद्यालय, पर्यटकीय क्षेत्र र सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइएको हो ।

पद्म उमावि नजिकै रहेको जियाको रिफेसिङ स्टोर र जमुना श्रेष्ठको पसलबाट बरामद भएका विभिन्न ब्रान्डका एक बाकसभन्दा बढी सुर्तीजन्य पदार्थ पनि जफत नगरी त्यत्तिकै छाडिएको छ । जिल्ला प्रशासन कार्यालय नजिकैदेखि दरबार क्षेत्र हुँदै दूधपाटी, भक्तपुर अस्पतालसम्मका कोल्ड स्टोर, किराना पसलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण भए नभएको अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले दरबार क्षेत्र आसपास नौ तथा भक्तपुर अस्पताल वरपर छ पसलमा चुरोट, सुर्ती, गुट्खा लगायत सुर्तीजन्य पदार्थ बिक्री वितरण गरिएको भेटेको अनुगमन टोलीका संयोजक होमागाईंले बताउनुभयो ।

चेतावनी दिएर छाडिएकाले पुनःबिक्री वितरण गरेमा ऐनअनुसार दण्ड सजाय गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख यशोदा अर्यालले बताउनुभयो ।

यसअघि भएका यस्ता अनुगमनमा पनि ऐन विपरीत सुर्ती जस्ता पदार्थ बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही नगरिएकाले अनुगमन नाटक मात्रै भएको दूधपाटीका सर्वसाधारणले आरोप लगाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button