भोजपुरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा

  • पोखरा न्यूज
  • २०७३ अषाढ १४
Post Thumbnail

पोखरान्युजडटकम, १४ असार –

वर्षात्को कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारको चरम लापर्बाही भएको जनाई भोजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् ।

संयुक्त वस व्यवसायी सङ्घले यही असार ११ गते गरेको निर्णय सार्वजनिक गर्दै आजदेखि सम्पूर्ण यातायात बन्द हुने जनाएको हो । सङ्घले बिरामी बोकेको साधनबाहेक सबै सवारीसाधन बन्द गरेको छ । सङ्घका अध्यक्ष गोपाल तामाङले वर्षात्को कारण सडक अवरुद्ध भएको बेलामा लेगुवा–भोजपुृर सडक पक्की बनाउने नाममा ठेकेदारले जथाभाबी सडकमा माटो थुपारिदिएका कारण बाध्य भएर यातायात बन्द गर्नुपरेको बताउनुभयो ।

प्रजिअ अर्जुनकुमार शर्माले सबै पक्ष सम्मिलित अनुगमन समिति बनाएर सडक अनुगमन गरी सडक पुनःसञ्चालन गर्न तत्काल पहल गरिने बताउनुभयो ।

व्यवसायीको अनिश्चितकालीन यातायात बन्दका कारण भोजपुरबाट अन्यत्र जाने यात्रु त मारमा परेका छन् नै बिरामी तथा बिरामीका आफन्तलाई झन् समस्या परेको छ । भोजपुरमा हवाई उडान पनि नियमित नहुँदा यात्रुहरु मारमा परेका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस