पोखरान्युजडटकम, १४ असार –
कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरीय खुल्ला शारिरिक सुगठन प्रतियोगिता २०७३ (तेश्रो मिस्टर माछापुछ्रे) आयोजना गर्ने भएको छ । संघका अध्यक्ष शंकर मानउदासका अनुसार प्रतियोगिता आगामी भदौ १७ र १८ गते हुनेछ ।
खेलको माध्यमबाट स्वस्थ र अनुशासित जनशक्ति उत्पादन गर्ने तथा शारिरिक सुगठन खेललाई थपप्रचार प्रसार गर्ने मुल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको संघका सचिव उमेश सिकेले जानकारी दिए ।
संघका सचिव सिकेका अनुसार प्रतियोगितामा पश्चिमाञ्चलका १ सय जना भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । पोखरा उद्योग वाणिज्य संघको हलमा हुने प्रतियोगितामा प्रतियोगीहरुले तिन क्याटोगोरीमा प्रतिष्प्रर्धा गर्ने छन । मिस्टर तेश्रो माछापुछ्रेमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथिका छुट्टा छुट्टै प्रतिष्प्रर्धा हुनेछन । प्रतियोगितामा विभिन्न क्याटोगेरिमा प्रथम हुने खेलाडी नगद ४ हजार, द्वितियले ३ हजार र तृतियले नगद २ हजारका साथमा प्रमाणपत्र र मेडलपाउने छन ।
पश्चिमाञ्चल स्तरीय शरीरिक सुगठन प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख १३ हजार खर्च लाग्ने भएको संघका अध्यक्ष उदासले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution