पोखरान्युजडटकम, १४ असार –
मोरङको विराटनगर–५ खार्जी चोकमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ४३२६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई मध्याह्न ठक्कर दिँदा मोरङ तेतरिया–३ का मोटरसाइकल चालक तुलाराम थारु र उनकी पत्नी सीताकुमारी चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते दुवैको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution