ठक्करबाट दम्पतीको मृत्यु

पोखरान्युजडटकम, १४ असार –

मोरङको विराटनगर–५ खार्जी चोकमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ४३२६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई मध्याह्न ठक्कर दिँदा मोरङ तेतरिया–३ का मोटरसाइकल चालक तुलाराम थारु र उनकी पत्नी सीताकुमारी चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते दुवैको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button