काठमाडौँ, १४ असार –
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र आगामी साउनबाट २०० सैयाको हुने भएको छ ।
बिरामीको चाप बढ्दै गएपछि १६० शय्या भएको अस्पतालमा ४० सैया थप गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिनुभयो । २०५२ सालमा स्थापना गरिएको अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् ।
सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ । केन्द्रमा गरिब बिरामी भनी १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार २०६४-६५ सालमा ७१३ बिरामीको उपचार गरेको छ ।
त्यसैगरी, २०६५-६६ मा ६२७, २०६६-६७ मा ६४८, २०६७-६८ मा ७७६, २०६८-६९ मा ७२१, २०६९-७० मा ६६१, २०७०-७१ मा ६४७ र २०७१-७२ सालमा ५५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ । सरकारले १५ वर्षमुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३-०६४ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो।
यस्तै, सरकारले आर्थिक वर्ष २०६४-६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशल्क उपचार गर्ने व्यवस्था गरेको छ । २०६४-६५ मा ६६ जना, ७५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको उपचार गरेको प्रशासन प्रमुख खड्काले बताउनुभयो । सरकारले २०६४-६५ देखि २०७१-७२ सम्म एक हजार ८१ जना ज्येष्ठ नागरिकको उपचार गरेको जानकारी खड्काले दिनुभयो ।
आव २०६६-६७ बाट मुटुको भल्ब साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६-६७ बाट आव २०७१-७२ सम्म दुई हजार ३७२ बिरामीको मुटुको भल्ब साँघुरिएको भल्ब बेलुनद्वारा फुलाउने पिटिएमसी प्रविधिबाट उपचार गरिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution