संविधान कार्यान्वयनमा एक हुन राष्ट्रपतिको आह्वान

  • पोखरा न्यूज
  • २०७३ अषाढ १४
संविधान कार्यान्वयनमा एक हुन राष्ट्रपतिको आह्वान

पोखरान्युजडटकम, १४ असार –

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको आर्थिक समृद्धिका लागि संविधान कार्यान्वयनमा एक हुन दलहरूलाई आह्वान गर्नुभएको छ ।

मदन भण्डारी फाउण्डेसनले आज यहाँ आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा लोकतान्त्रिक रुपान्तरण, दिगो शान्ति र आर्थिक समृद्धिका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले त्यसका लागि दलहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले समाजको शान्तिपूर्ण र लोकतान्त्रिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले बताउनुभयो ।

झुठो राजनीतिमा अल्झनु छैन – प्रम ओली

kp oli

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको बताउँदै दातृ निकायको सम्झौताका कारण भूकम्प प्रभावितलाई एकै किस्तामा रु दुई लाख दिन नसकिएको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई थोत्रा, झुठ र बेइमानीमा अल्झने राजनीति गर्नु छैन, मुलुकको तीव्र आर्थिक उन्नतिमा लाग्नुछ । सकेसम्म सरकार जनतालाई छिटो अधिकतम सुविधा र पुनः निर्माणको सेवा दिन चाहन्छ ।”

जननेता भण्डारीले नेपालीलाई लगाएको सबभन्दा ठूलो गुन जबजको सिद्धान्त भएको भन्दै उहाँले नेपाली समाजको सकारात्मक र शान्तिपूर्ण परिवर्तनका लागि त्यस विचारकालाई चुनौती दिने अर्को व्यवस्थित विचार नआएको जनाउनुभयो ।

क्रमभङग भएमा वैचारिक मेलको सम्भावना छ – दाहाल

prachanda dahal

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भण्डारीको जबज र आफूको जनयुद्धपछिको शान्तिपूर्ण रुपान्तरण तथा मुलुकको समृद्धि र नेपालको नयाँ पहिचानका लागि दुई पार्टीबीचको मेलको सम्भावना रहेको बताउनुभयो ।

उहाँले जननेता भण्डारीसँग आफ्नो वैचारिक भेट तय भए पनि उहाँको दुर्घटनामा निधन भएका कारण त्यो सम्भव नभएको भन्दै भेट भएको भए जनयुद्ध वा जबजका धारमा एकले अर्कोलाई प्रभावित पार्न सक्ने टिप्पणी गर्नुभयो ।

भण्डारीको २०५० जेठ ३ मा दासढुङ्गा–दुर्घटनामा निधन भएको थियो । दाहालले ललितपुरका एक बुद्धिजीवीले आफू र भण्डारीबीच जेठ ११ मा भेटको कार्यक्रम तय गरेको जनाउँदै आफूहरुबीच प्रत्यक्ष भेट नभएको भए पनि सोच्ने समानता ९घिसिपिटी जीवन गुजार्ने भन्दा फरक० रहेछ भन्ने अहिले बोध भएको बताउनुभयो ।

दाहालले भन्नुभयो, “हामीले अहङ्कार र स्वार्थ केन्द्रित पक्ष त्यागेर राष्ट्रिय स्वाधीनता र समृद्धिका पक्षमा उठेका वैचारिक प्रश्नलाई उत्तर दिने आँट र नेतृत्व गर्न सक्ने हो भने अहिले पनि दुई पार्टीको मेलको सम्भावना छ ।”

उहाँले नेता भण्डारीले इतिहासको आवश्यकता र आकस्मिताले जन्मिएका नेपाली राजनीतिक आकाशका गतिशील र परिवर्तनशील एक नायक भएको पनि धारणा राख्नुभयो ।

उपप्रधानन्त्री एवम् परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वामपन्थी आन्दोलनलाई प्रजातान्त्रिकरण र नयाँ बाटो दिन नेता भण्डारीको योगदान अविस्मरणीय रहेको बताउँदै संविधान जारीपछिको अवस्थामा अनावश्यक वादविवादभन्दा मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

महावीर र डा कोइराला पुरस्कृत

mahabir pun

dr, baghwan koirala

कार्यक्रममा फाउण्डेसनले सञ्चालन गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पुरयाउने महावीर पुन र स्वदेशमा जटिल मानिएको मुटुको शल्यक्रियाको थालनीकर्ता डा भगवान् कोइराललाई राष्ट्रपति भण्डारीले पुरस्तृकत गर्नुभयो । विसं २०७१ र ०७२ को सो पुरस्कार जनही रु एक÷एक लाखको छ ।

पुरस्कार कोषका संयोजक तथा एमालेका सचिव प्रदीप ज्ञवालीले समाजको विविध विधाका माध्यमबाट सकारात्मक परिवर्तनमा योगदान पुरयाउनेलाई पुस्कृत गरिँदै आएको जानकारी दिनुभयो ।

फाण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले जननेता भण्डारीका योगदानलाई चिरस्थायी गराउन र समाजमा सकारात्मक योगदान गर्नेलाई सम्मानित गर्न पुरस्कार सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा वैचारिक प्रकाशन ‘श्वेत शार्दूल’, ‘शार्दूल’, ‘श्रद्धाञ्जलि’ का साथै भण्डारीका भाषणमा आधारित सिडीको लोकार्पण गरियो भने कार्यक्रमस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा भण्डारीका तस्बिरमा आधारित चित्रकला प्रदर्शनीसमेत गरिएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस