दश लाख ठगी गर्ने पक्राउ

पोखरान्युजडटकम, १४ असार –

नेपाल विद्युत् प्राधिकरणमा जागिर लगाई दिने भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सप्तरी राजविराज नगरपालिका घर भई धनुषाको जनकपुर बस्ने आसुतोषकुमार आस ९कर्ण० ले आफू विद्युत् प्राधिकरणको छैटौँ तहको कर्मचारी भएको भन्दै सप्तरीका दीपेन्द्र यादवलाई जागिर लगाई दिन्छु भनेर रु १० लाख ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो ।

यादवले जागिर खान भनी फारम भरेकामा नतिजा तयार गर्ने आफू भएको र रु दश लाख दिए उतीर्ण गराउने भन्ने आश्वासन दिएर कर्णले ठगी गरेको महाशाखाले जनाएको छ । सो पश्चात पटकपटक गरी पीडितले रु १० लाख कर्णको नाममा आइएमइ गरी पठाएको विवरणसहित यादवले महाशाखामा आई निवेदन दिएका थिए ।

टोलीले आज बल्खुबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको महाशाखाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button