पोखरान्युजडटकम, १५ असार –
दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् ।
उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो । उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन् । विन्दुले भनिन्, “किरिया बस्नका लागि अरू कोही पनि छैनन्, त्यसैले म किरिया बसेकी हुँ ।” अरूलाई खोजेर किरिया गर्नुभन्दा आफू नै बसेको विन्दुले बताइन् ।
प्रेमबहादुरको एक छोरा भए पनि उनको करिब १२ वर्ष पहिले नै मृत्यु भएको थियो । प्रेमबहादुरका दाइभाइका छोराहरु भए पनि नातिनी आफैले हजुरबुबाको किरिया बस्ने भन्दै किरिया बसेकी हुन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution