१३ औ असारे रोपाई महोत्सवमा बिदेशी पर्यटकको उपस्थिति सन्तोषजनक

पोखरान्युजडटकम, १५ असार-

‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ पोखरा पर्यटन परिषदले पोखरामा आयोजना  गरेको १३ औ असारे रोपाई महोत्सबमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै भएतापनि बिदेशी पर्यटकको उपस्थिति भने सन्तोषजनक पाइएको  छ । यो समय पर्यटनका हिसाबले अनुपयुक्त ( अफ सिजन ) मानिएता पनि महोत्सवमा विदेशीहरुको सहभागिताले आयोजकको नारालाइ धेरथोर पुष्टी गरेको भने छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संस्कृती,पर्यटन तथा नागरिक उड्ययन मन्त्रि आनन्द प्रसाद पोखरेलले मुलुकको समृद्धीको आधार पर्यटन, कृषी र जलस्रोत भएको वताएका छन । महोत्सवलाई उदघाटन गर्दै मन्त्रि पोखरेलले यस क्षेत्रको पर्यटन विकासका लागि अर्गानिक कृषी प्रणालीमा जोड दिन आग्रह समेत गरे । मन्त्रि पोखरेलले प्रदेश नं ४ लाई पर्यटनको मुख्य केन्द्रको रुपमा स्थापित गर्न पोखरेलीहरुले एक घर दुई कोठा पर्यटकका लागि छुट्टयाउन समेत आग्रह गरे । कृषी र पर्यटनको विकास का लागि यसको उत्पादनमा विविधी करणको आवश्यक्ता औल्याउँदै उनले पोखरेलले दिगो पर्यटनको विकासका लागि नेपाल सरकारले धार्मिक र सास्कृतिक पर्यटनका लागि जोड दिएको स्पष्ट पारे । उनले पोखरामा निर्माण हुन लागेको विमानस्थल तय समय सिमा भित्रै सक्ने र सो को अनुगमन गर्न सवै पोखरेलीलाई आह्वान समेत गरे ।

असारे रोपाई महोत्सव 2

कार्यक्रममा सभासद शारदा पौडेल, पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइराला, कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली, उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्द राज मुल्मी, पर्यटन व्यवसायी गणेश वहादुर भट्टराई लगाएतले दिगो कृषी र पर्यटनको विकासले नै मुलक समृद्ध बन्न सक्ने कुरा औल्याएका थिए । उनीहरुले राष्ट्रिय सम्पदका हिमा गृह र ताल तैयाको संरक्षणका लागि व्यापक दवावको खाँचो रहेको वताए । कार्यक्रममा यस बर्षका उत्कृष्ट कृषक तथा अगुवा कृषकहरुलाई नगद पुरुस्कार सहित सम्मान समेत गरिएको थियो । कार्यक्रम परिषदका अध्यक्ष सोम थापाको सभापतित्वमा भएको थियो ।

असारे रोपाई महोत्सव 1

पोखरा १७ स्थित महतगौडामा आयोजना गरिएको महोत्सवमा विभिन्न देशका करिव ३ सय जना पर्यटक सहित स्थानियहरुले विभिन्न मनोरञ्जनात्मक प्रतियोगिता र हिलो खेल्ने कार्यक्रममा सहभागीता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button