बाढीले विद्युतीय शवदाह यन्त्र बन्द

 

पोखरान्युजडटकम, १५ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बाग्मतीमा आएको बाढी पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पस्दा यन्त्रले काम गर्न छोडेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

सोमबारको अविरल वर्षाले बाग्मतीमा बाढी आई पशुपति तिलगङ्गाास्थित नदी किनारमा रहेको शवदाह गृहमा पानी पस्दा यन्त्र बिग्रिएको कोषले जनाएको छ ।

कोषले विसं २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृहमा शव जलाउन सुरु गरेको थियो । बाढीका कारण पहिलोपटक यन्त्र बिग्रिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिनुभयो । “शवदाह यन्त्र बनाउने काम भइरहेकाले केही दिनमै सञ्चालनमा आउँछ” – उहाँले भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म विद्युतीय शवदाह गृहमा एक हजार ८०० शव जलाइसकिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button