एचआइभी एड्सको नियन्त्रण गर्न सबैको सहयोग आवश्यक – राज्यमन्त्री आलम

पोखरान्युजडटकम, १५ असार –

स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलमले एचआइभी एड्स नियन्त्रण गर्न सरकारको मात्र प्रयास पर्याप्त नहुने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपाल ‘शरण क्षेत्री पुरस्कार वितरण’ कार्यक्रममा उहाँले सरकारले लिएको लक्ष्य पूरा गर्न सबै व्यक्ति, सङ्घसंस्थाको सहयोग आवश्यक पर्ने औँल्याउनुभयो ।

उहाँले सरकारले सन् २०२१ सम्मको एचआइभी एड्सको पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना बनाएको र सन् २०२० सम्म अनुमानित एचआइभी सङ्क्रमितको ९० प्रतिशतलाई जाँच गराउने, जाँच गरेर सङ्क्रमित देखिएकामध्येको ९० प्रतिशतलाई उपचारमा राख्ने र उपचारमा रहेकाको ९० प्रतिशतको भाइरसको भारलाई नियन्त्रणमा राखी मृत्युदरलाई शून्यमा पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।

स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा किरण रेग्मीले लक्ष्य हासिल गर्न सरकारले विभिन्न दातृनिकायसँग समन्वय गरेको र हाल सञ्चालन गरिरहेको लक्षित समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । महसङ्घका अध्यक्ष अच्युत सिटौलाले सन् २०३० सम्ममा एचआइभी एड्सलाई दिगो विकास लक्ष्यको एउटा सूचाङ्क मानेर यसलाई जनस्वास्थ्यको दृष्टिमा महामारीका रुपमा अन्त्य गर्ने भनिएकाले त्यसैअनुुरुप काम गर्नसकेमा एचआइभीको नियन्त्रणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासङ्घले ‘शरण क्षेत्री पुरस्कार’ पाँच विकास क्षेत्रमा एचआइभी÷एड्सको नियन्त्रणमा उल्लेखनीय कार्य गरेका पाँच संस्थालाई पुरस्कृत गरेको छ । जसमा पूर्वाञ्चलबाट प्रयास महिला समूह, मध्यमाञ्चलबाट शक्ति मिलन समूह सुनसरी, पश्चिमाञ्चलबाट हाम्रो जीवन प्लस गुल्मी, मध्यपश्चिमाञ्चलबाट जुनकिरी महिला समूह बाँके र सुदूरपश्चिमाञ्चलबाट गोदावरी प्लस कैलालीलाई पुरस्कृत गरिएको छ ।

चिकित्सक डा सुशीलकुमार शाक्य र अभियन्ता राजु शाक्यलाई लामो समय एचआइभीको क्षेत्रमा काम गरेको भनी सम्मान गरिएको थियो । त्यसैगरी स्वयम्सेवक कृष्णबहादुर कार्की, बलबहादुर घर्ती, मोहन लिम्बू, चन्द्रवति आचार्य र दीपक रानालाई पनि पुरस्कृत गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button