तीन घण्टामा १३ पटक धक्का महसुस

  • पोखरा न्यूज
  • २०७३ अषाढ १५
Post Thumbnail

पोखरान्युजडटकम, १५ असार –

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज लगातार भूकम्प गएका छन् ।

आज दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३  औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् । तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ ।

भूकम्पपछि स्थानीय जनता घरबाहिर र खुला ठाउँमा जम्मा भएका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस